अनुसूची – ३
(ख) ५०० मिग्रादेखि १०० मिग्रासम्मको तौलहरु काँसको (माथिको निस्तुक भागको) पेलेर तयार गरेको पाताबाट बनेका हुनेछन् ।
(ग) ५० मिग्रादेखि १ मिग्रासम्मका तौलहरु व्यावसायिक शुद्ध आलमिनियम पाताबाट तयार गरिएको हुनेछ । सो आलमिनियममा तामा, सिलिकन र फलाम ०.३ प्रतिशतभन्दा बढी हुनेछैन ।
(३) आकारः– (क) २० किलो र १० किलोका ढकहरु सिलिन्ड्रिकल आकारका हुनेछन् र दुई भाग गरी ढालिने छन् जसको माथिल्लो भाग तल्लो भागमा ठीक्क मिल्ने गरी पेचद्वारा कसिने हुनुपर्छ । उचाल्नको लागि माथिल्लो भाग हैण्डल आकारमा ढालिएको हुनुपर्छ । दुवै भागलाई मिलाएपछि पेचद्वारा नचल्ने गरी बन्द गरी त्यसमाथि जाँच गर्ने अधिकारीको टाँचा लगाइनुपर्छ ।
(ख) ५ किलोदेखि २०० ग्रामसम्मका सबै ढकहरु दुई भाग गरी ढालिने छन् र माथिल्लो आधा भाग तल्लो आधा भागमा पेचद्वारा ठीक्क मिल्ने गरी कसिने हुनुपर्छ । उचाल्नको निम्ति माथिल्लो आधा भागमा गट्टा (नव) रहने गरी ढालिएको हुनुपर्छ । मिलाएपछि पेचद्वारा नचल्ने गरी बन्द गरी त्यसमाथि जाँच गर्ने अधिकारीको टाँचा लगाइनुपर्छ ।
(ग) १०० ग्रामदेखि १० ग्रामसम्मको ढकहरु माथि (ख) मा जस्तै हुनेछन् तर, तिनीहरुमा पेचद्वारा बन्द गर्ने कुनै प्रबन्ध हुनेछैन ।
(घ) ५ ग्रामदेखि १ ग्रामसम्मको ढकहरु पूर्णरुपले ठोस हुनेछन् ।
(ङ) ५०० मिलिग्रामदेखि १ मिलिग्रामसम्मको ढकहरु वर्गाकारका हुनेछन् र प्रयोग गर्ने सुविधाको निमित्त एकातिरको छेउको भाग सतह देखि समकोण हुने गरी उठाइएको हुनुपर्छ ।
(च) ढकहरुमा संज्ञा अङ्कित गरिएको हुनुपर्छ ।
(४) मान्यता दिएका त्रुटिहरुः– मान्यता दिइएको त्रुटिको घटीबढीको हद निम्न बमोजिमको हुनेछ ।
मान्यता दिइने त्रुटिहरु
संज्ञा घटीबढीमा (मिग्रा)
२० किलो २००
१० ,, १००
५ ,, ५०
२ ,, ३०
१ ,, २०
५०० ग्राम १०
२०० ,, ८
१०० ,, ६
५० ,, ४
२० ,, ३
१० ,, २
५ ,, १.६
२ ,, १.२
१ ,, ०.८
५०० मि. ग्राम ०.८
२०० ,, ०.४
१०० ,, ०.४
५० ,, ०.२
२० ,, ०.२
१० ,, ०.१
५ ,, ०.१
२ ,, ० .१
१ ,, ०.०५
खण्ड २
कार्यकारी स्टाण्र्डर्ड ग्राहिता नापहरुः–
१. संज्ञाः–
लिटर श्रेणी (लि.) मिलिलिटर श्रेणी (मिलि)
१० ५००
५ २००
२ १००
१ ५०
२०
२. पदार्थः– कार्यकारी स्टाण्डर्ड ग्राहिता नापहरु अक्सिजन ग्या“स रहित नरम साधारणतया तन्काउँदा पनि नचुँडिने खालको तामा पाताबाट बनाइनु पर्छ ।
३. आकारः– (१) १० लिटरको कार्यकारी स्टाण्डर्ड ग्राहिता नाप दुवैपट्टि राम्ररी हैण्डल राखिएको सिलिन्ड्रिकल आकारको हुनुपर्छ ।
(२) अरु सबै कार्यकारी स्टाण्डर्ड ग्राहिता नापहरु सिलिण्ड्रिकल आकारका हुनेछन् । तर, तिनीहरुमा हैण्डल चाहि हुनेछैन । हरेक ग्राहिता नापको व्यास र उचाइ करीव करीव बराबर हुनुपर्छ र ग्राहिता नापहरु बलिया बनाइनुपर्छ ।
(३) कार्यकारी स्टाण्डर्ड ग्राहिता नापहरुको संज्ञा बाहिरी सतहमा कुँदिएको हुनुपर्छ ।
(४) कार्यकारी स्टाण्डर्ड ग्राहिता नापको बाहिरी अङ्ग अक्सिडाइज्ड गरेर सतह चिप्लो र कालो पारिएको हुनुपर्छ र भित्री सतहमा राँगले पोत्नुपर्छ ।
(५) हरेक कार्यकारी स्टाण्डर्ड ग्राहिता नापमा खासगरी त्यसैको भरिएको पानीको सतह मिलाउने गरी छानिएका एक एक वटा ऐना हुनुपर्छ र ग्राहिता नापहरु र ती ऐना राम्ररी मखमलले मोरिएको काठको बाकसमा राम्रोसँग राखिएको हुनुपर्छ ।
४. मान्यता दिइने त्रुटिहरुः–
संज्ञा मान्यता दिइने त्रुटिहरुः– घटी वा बढीमा (मिलि)
१० लिटर ८
५ ,, ४
२ ,, २
१ ,, १.५
५०० मि.लिटर १.०
२०० ,, ०.८
१०० ,, ०.६
५० ,, ०.४
२० ,, ०.२
खण्ड ३
कार्यकारी स्टाण्डर्ड लम्बाइ नापः–
१. पदार्थः– कार्यकारी स्टाण्डर्ड नाप शुद्ध निक्केलको (९९ प्रतिशत तर कोवाल्ट नभएको) बनाइनु पर्छ ।
२. आकार र आयामः– स्टाण्डर्ड लम्बाई नाप आयताकार अनुप्रस्थ खण्ड भएको हुनुपर्छ र उक्त अनुप्रस्थ खण्डको आयाम ३० मिमि १५ मिमि हुनुपर्छ । जम्मा लम्बाइ १०३० मिमि हुनुपर्छ । स्टाण्डर्ड लम्बाई नाप चम्किलो हुनुपर्छ ।
३. (क) रेखाङ्कनः– स्टाण्डर्ड लम्बाई नाप १०१० मिमिसम्म ० रेखाभन्दा १० मिमि अघिदेखि १००० मिमिसम्म रेखाङ्कित गरिनुपर्छ । + १० मिमिदेखि –१० मिमिसम्म हरेक मिलिमिटरमा र १० मिलिमिटरदेखि १००० मिमिसम्म हरेक ५ मिमिमा रेखाङ्कित गरिनुपर्छ ।
(ख) रेखाहरुको चौडाइ ५० देखि ८० माइक्रोनको बीचमा हुनुपर्छ ।
(ग) रेखाहरुको लम्बाइ ।
हरेक मिलिमिटरमा ३ मिमि
हरेक ५ मिमिमा ५ मिमि
हरेक सेन्टिमिटरमा ८ मिमि
४. घटीबढीको हदः– ० मिमिदेखि १००० मिमिसम्ममा सबभन्दा बढी मान्यता दिइने त्रुटि ०.१ मिमि हुनेछ र हरेक सँगैको मिमि ५ मिमि हरेक सेमि र १० सेन्टीमिटरमा ०.०५ मिमि हुनेछ ।
५. अङ्कित गर्ने तरीकाः– स्टाण्डर्ड नापमा बनाउनेको चिन्ह हुनुपर्छ । चिन्ह लगाइएको अङ्क र अक्षरको उचाइ करीब ३ मिलिमिटरको हुनुपर्छ ।
६. टाँचा लगाउने व्यवस्थाः स्टाण्डर्ड नापमा टाँचा लगाउने फुलीको निमित्त तेर्सो परी भित्र गएको प्वाल हुनुपर्छ ।
७. स्टाण्डर्ड नाप टीकको काठको बाकसमा राखिनुपर्छ र ल्याउन लैजान सुविधा हुने गरी बाकसमा हैन्डल पनि हुनुपर्छ ।